कतै तपाईलाई प्रि हाइपरटेन्सन त भएको छैन ?

Spread the love

मुटुबाट रगत पम्प भएर शरिरका सम्पुर्ण भागहरुमा संचार हुने क्रममा रगतले रक्तनलीको लचकतामा एक प्रकारको चाप पैदा गर्दछ ,त्यसैलाई नै रत्तचाप भनिन्छ । मुटु र रक्तनलीको रोगहरुमध्ये उच्च रक्तचाप सबै भन्दा बढी देखा पर्ने समस्या हो । रक्तचाप मुटुको चाल,धमनीहरुको भिक्ताको अवस्था,रगतमा हुने चिनिको मात्रा तथा रगतको बाक्लोपनामा निर्भर रहन्छ ।

सामान्यतया एक स्वस्थ वयस्क मानिसमा रक्तचाप १२०/ ८० भन्दा कम हुनु पर्दछ ।
उच्च रक्तचापको अवस्थाहरु

समय समयमा रक्तचापको जाँच गर्दा यदि रक्तचाप प्रि हाइपरटेन्सनमा गएको छ भने चिकित्सक तथा स्वास्स्थ्य कर्मिको सल्लाहा अनुसार खाना पान ,कसरत र जीवन शैलिलाई सकरात्मक परिबर्तन गरि उच्च रक्तचाप हुनलाई नियन्त्रण गर्न सकिन्छ तर उच्च रक्तचापको अबस्थामा गैसकेको भए चिकित्सक वा स्वास्थ्य कर्मिको सल्लाह अनुसार समयमानै औषधि सेवन गर्न सुरु गर्नु पर्दछ । औषधि खान सुरु गरेपछि औषधि खान बानि लाग्छ ,जीवनभर औषधि खानु पर्छ भन्ने भनाई सत्यता होइन खतरापुर्ण सोचाई हो । समयमानै औषधि सेवन गर्न सुरु गरिएन भने मस्तिष्कघात,हृदयघात,मधुमेह,मृगौलाको समस्या भै स्वास्थ्यमा झन खतरा बढेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *