डकाहा बजारमा,वडाध्यक्ष कप २०८१ सहित बालाचतुर्दशी मेलाको रौनक।

Spread the love

१८ मंसिर,कमलाखोज । दुधौली नगरपालिका वडा नं ४ ,डकाहा बजारमा वडाध्यक्ष कप २०८१ संचालन भैरहेको छ । यस प्रतियोगितामा दुधौली नगरपालिका भित्रका ३ वटा फुटबल टिम,कमलामाई नगरपालिकाको २ वटा फुटबल टिम,मरिण गाउँपालिकाको १ वटा फुटबल टिम ,कटारी नगरपालिकाको १ वटा टिम र बागमति प्रदेश प्रहरी तालिम केन्द्को १ वटा बिभागिय टिम सहित ८ वटा फुटबल टिमले सहभागिता जनाएको छ ।बाला चर्तुदशी मेलाको अवसर पारेर वडाध्यक्ष कप २०८१ संचालन गरिएको हो । यस मेलाको मूख्य आकर्षणमा वडाध्यक्ष कप रहेको छ ।

दुधौली नगरपालिका वडा नं ४ का वडाध्यक्ष रित बहादुर बि.क.का अनुसार, विशुद्ध खेलाडीहरुलाई प्रोत्साहन गर्ने र प्रतिभा प्रस्तुत गर्ने अवसरको लागि यस वडाध्यक्ष कप २०८१ संचालन गरिएको र यस कपमा विजेता हुने टिमले चालिस हजार नगद,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गर्ने ,उत्कृष्ट खेलाडि,उत्कृष्ट किपर,सर्वाधिक गोलकर्तालाई पुरष्कार सहित प्रोत्साहित गर्ने बताएका छन् ।

आज पहिलो चरणको अन्तिम म्याच दुधौली -६ खेलकुद समिति र मरिण स्पोर्टस टिम बिच हुन गइरहेको छ । समुह “ए”बाट बागमति प्रदेश प्रहरी तालिक केन्द्र र कटारी फुटबल क्लवले सेमि फाइनलका लागि यात्रा तय गरि सकेको छ भने समुह बि बाट नमुन जनउत्थान युवा क्लवले भिमान युवा क्लवलाई २-१ ले हराउदै सेमि फाइनलमा पुगेको छ । आज हुने खेलको बिजेता टोली सेमि फाइनलमा नमुना जनउत्थान युवा क्लव घरेलु टोली सँग प्रतिसपर्धा गर्नु पर्ने हुन्छ ।

भरखरै वडा कप खेलेको अनुभव सहित ६ नं वडा खेलकुद समिति मैदान उत्रने छ । आफ्नै क्षेत्र भित्रको मैदान र समर्थकहरुको हौसला सहित ६ नं वडा खेलकुद समिति जित निकाल्न चाहान्छ । मरिण स्पोर्ट क्लवलाई नयाँ खेल मैदानको अनुुभव सहित खेललाई आफ्नो पक्षमा पार्न चुनौतीको रुपमा रहेको छ ।आजको खेल डकाहा खेल मैदानमा दिउसो १ :३० देखि हुनेछ ।

प्रत्यक्ष प्रसारण हेर्नका लागी यहाँ क्लिक गर्नुहोस् Click

Leave a Reply

Your email address will not be published. Required fields are marked *