११ चैत्र,कमलाखोच। मौसम परिवर्त भए सँगै पानी प्रदुषित हुने र पानिबाट सर्ने रोगहरु फैलने हुन्छ जस्तै झाडापखाला,आऊँ,हैजा,टाईफाइड इत्यादी। मानव स्वास्थ्यलाई हानि पुर्याउने कुनै पनि भौतिक पदार्थहरु,रासायनिक तथा जैविक वस्तुहरु पानीमा मिसिएमा त्यस्तो पानीलाई प्रदुषित पानी भनिन्छ । यो समयमा पानी सफा हुनुमा निकै जरुरी हुन्छ । सामान्यतया वर्षाको पानीलाई शुद्ध पानी भनिएता पनि यो पानि जमिन सम्म आईपुग्दा विभिन्न धुवा,धुलो र ग्याँसहरु मिसिएर प्रदुषित हुन्छ । पानीलाई प्रदुषण हुनबाट जोगाउने तरिकाहरु यस प्रकार रहेको छ ।
१.ढलको उचित व्यबस्थापन
२.स्यानिटरी शौचालयको निर्माण
३.कलकारखानाको फोहोर पानीको उचित व्यबस्थापन
४.नियम काुनन
५.प्राकृतिक संरक्षण
६.जनचेतना
कारक तत्वको आधारमा पानीबाट सर्ने रोगहरुलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
१.जैविका कारणले हुने रोगहरु २.रासायनिक कारणले हुने रोगहरु।
रसायनको कारणले गर्दा लाग्ने रोगहरु – आर्सेनिकोसिस,फ्लोरोसि,दातको समस्या,मिथाईक्लोबनामिक आदी ।
जैविक कारणले गर्दा लाग्ने रोगहरु – टाईफाइड,पाराटाईफाईड,हैजा,आऊँ,भाडापखाला,साल्मोनेलोसिस,ई-कोलाईको संक्रमण,एमोइबियासिस,जियार्डियासिस,गोलो जुकाको संक्रमण,चुर्नाको संक्रमणआदी ।
कमलाखोच क्षेत्र भित्रका अधिकांस पानीको मुहान भनेको ईनार हो। इनारको पानी नबग्ने र जम्ने हुँदा पानीमा भौतिक संक्रमण हुने धेरै नै सम्भावना हुन्छ । इनारको पानीलाई भौतिक संक्रमण हुनबाट बचाउन इनारको मुखमा ढकनको व्यबस्था गर्न अति आवाश्यक हुन्छ । साथै इनार बाट ३० मिटर टाढा मात्रा शौचालयको सेफ्टी ट्यांक बनाउनु पर्ने हुन्छ । यदि यसो नभएमा इनारमा ढकन लगाए पनि पानी दुषित हुन सक्दछ ।
इनार भित्रको पानीलाई सुद्धिकरण गर्नको लागि सबै भन्दा पहिला त इनार भित्र कति पानि छ? भनेर पत्ता लगाउनु पर्ने हुन्छ । पानिको मात्रा थाहा पाउनका लागि इनारको भित्रि भागको आयतन सुत्रद्धारा पत्ता लगाउन पर्दछ । जसको लागि इनार भित्र भएको पानीको उचाई(h) पत्ता लागाउने, पानीको उचाई पत्ता लगाउन डोरिमा सफा ढुंगा बाधेर इनार भित्र छिराएर पानीको उचाई मिटरमा नाप्नु पर्दछ ।त्यसै गरि इनारको व्यास(d) (गोलाई) कति छ त्यो पनि मिटरमा नाप्नु पर्दछ ।
यति कुराहरु थाहा पाए पछि हामीले (३.१४ * d * d * h / ४) * १००० को सुुत्र प्रयोग गरि इनार भित्र कति लिटर पानी रहेछ भनेर जान्न सकिन्छ ।
अब,पानी सुद्धिकरण गर्नको लागि ब्लिचिङ पाउडर आवाश्यक पर्दछ । २.५ ग्राम ब्लिचिङ पाउडरले १००० लिटर पानीलाई सुद्धिकरण गर्न सकिन्छ । इनार भित्र रहेको पानी, इनारको बनावट,इनार भएको स्थाको आधारमा निर्धारण हुने भएकोले इनारअनुसार पानीको मात्रा फरक पर्दछ ।
इनारमा कति पानी हुन्छ सो पानीलई १००० लिटर २.५ ग्राम ब्लिचिङ पाउडरको अनुपातले पानी सुद्धिकरण गर्न तयारी गर्नु पर्दछ । आवाश्यक ब्लिचिङ पाउडर इनारमा मिसाउनु अघि एउटा बाल्टिनमा ब्लिचिङ पाउडरको घोल बनाउनु पर्दछ । उक्त घोललाई अर्काे डोलमा खन्याउनु पर्दछ र इनारमा बिस्तारै डुबाउनु पर्दछ । ब्लिचिङ पाउडर घोल्दा थिग्रिएर बाँकी रहेको चुनको टुक्राहरुलाई इनारमा हाल्नु हुदैन। ब्लिचिङ पाउडरको घोललाई इनार भित्र राम्रो संग फैलाउनका लागि डोललाई केहि समय सम्म तल माथि गरेर हल्लाई राख्नु पर्दछ ।
याद गर्नुपर्ने कुरा के हो भने इनारको पानीलाई सुद्धिकरण गर्नको लागि बेलुकाको समय उपयुक्त हुन्छ । ब्लिचिङ पाउडरको घोल राखेको १ घण्टा पछि मात्र पानीको प्रयोग गर्नु पर्दछ ।