सर्पदंश उपचार हुने स्वास्थ्य संस्थाको बारेमा जानकारी अथवा सम्पर्क नम्बर थाहा पाइराख्नु पर्दछ ।नेपालमा गरिएको एक अनुसन्धान अनुसार ९२ देखि ९४ प्रतिशत डसाई हात र खुट्टामा हुने गरेको पाइएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार सर्पले डसेको घाउ भन्दा माथि क्रेप ब्यान्डेजको प्रयोग गर्नु भन्दा तन्कने गुण भएको कपडाको पट्टी प्रयोग गर्नु प्रभावकारी भएको जानकारी गराइएको छ ।
सर्पदंश भएमा के गर्ने?
सर्पले डस्दा मानिसको शरिरमा प्रवेश भएको विष प्रतिविषले मात्रै निष्क्रिय पार्न सक्दछ । यी औषधि अन्य औषधि जस्तै सजिलै औषधि पसल तथा सबै स्वास्थ्य संस्थामा उपलब्ध हुदैन । प्रतिविष प्रयोग गरेर मात्र सर्पदंशको उपचार सम्भव हुने भएकोले झारफुक र अन्य परम्परागत उपचार प्रणालीमा नलागी तुरुन्त सर्पदंश उपचार केन्द्रमा लैजानु पर्दछ ।
सर्पदंश भएमा निम्नलिखित उपायहरु अपनाउनु पर्दछ ।
- तुरुन्तै उपयुक्त साधन जस्तै मोटरसाइकल,एम्बुलेन्स,ट्याक्सी वा कारको तयारी गर्नुपर्दछ । मोटरसाइकल चालक र बिरामिलाई बिचमा राखि पछाडिबाट सहारा दिनु पर्दछ ।
- बिरामीलाई सकभर हलचल नगरी शान्त रहन ढाडस दिने,पीर नगर्न आग्रह पनि गर्नु पर्दछ ।
- बिरामीलाई,धेरै जस्तो सर्पहरु बिषालु हुदैनन् र केही खतरानक विषालु सर्पहरुको डसाई हुँदा पनि विष शरिरमा प्रवेश नहुन पनि सक्छ भनेर तथ्यपरक कुरा गरि सम्झाउनु पर्दछ ।
- बिरामिको सर्पले डसेको अंगमा कसिलो कपडा,गरगहना भएमा खुकुलो बनाउने वा खोलिदिने गर्नुपर्दछ ।
- सर्पले टोकेको घाउ वरपर सर्पको विष पोखिएको हुन सक्छ ।उक्त पोखिएको विष घाउको माध्यम हुँदै रगतमा नपुगोस भनी सर्पले डसेको घाउलाई सफा पानीले वा सफा पानीमा भिजाएको सफा कपडाको टुक्राले हलुका सँग पुछिदिनु पर्दछ ।
- घाउलाई सफा गर्ने क्रममा भने दवाव हुने गरि सफा गर्नु हुदैन , धेरै दवाव भएमा विष शरिरमा छिटो फैलन गर्दछ ।
- सर्पले टोकेको घाउ भन्दा केहि माथितिरिबाट घटना स्थलमानै उपलब्ध भएको जस्तै साडि ,तन्ना,सिरकको खोल,पातलो सल,पटुका आदिले बाध्न मिल्ने भागसम्म कान्छि औला छिराउन सकिने गरि बाँध्नु पर्दछ ।
- छाति,अनुहार,पुठ्ठा आदिमामा भने बाँध्न नमिल्ने भएकोले सो स्थानमा लोकल कम्प्रेसन प्याडको प्रयोग गर्न उपयुक्त हुन्छ । यो प्याड सजिलै उपलब्ध नहुने भएकोले यसको खोजी गर्दा समय खेर जाने भएमा छिटो उपचार केन्द्रमा जाननै उपयुक्त हुन्छ ।
- सर्पले टोकेको अंगलाई प्रेसर इमोबिलाइजेसन पद्धति अपनाउनु पर्दछ । करेत र मुगा सर्पको टोकाइमा यो विधि निकै प्रभावकारि हुन्छ । यस विधिमा सर्पले टोकेको घाउ वरपर ५५ एम एम एच जी प्रेसर दिने गरि क्रेप ब्यान्डेजले बाँध्ने र घाउ भएको अंगलाई हलचल हुन नदिन काम्रोको प्रयोग गर्ने गरिन्छ ।यसो गर्नाले विष शरिरमा ढिलो फैलन्छ र पक्षघात हुने क्रम पनि ढिलो हुन जान्छ ।
- पिडित व्यक्तिको शरिरलाई स्थिर राख्नुपर्दछ ।त्यसैले बिरामीलाई हिडाउने,दौडाउने गर्नु हुदैन।
- हातमा टोकेको भए स्लिङ वा स्प्लिन्ट लागाइदिनु पर्दछ र हातलाई मुटुको सतहमा राख्नु पर्दछ ।मुटु देखि माथि परेमा विष शरिरमा छिटो फैलन्छ र तल परेमा सुनिन सक्छ ।
- अस्पतालन लैजादै गर्दा समय र स्रोत साधन भएमा सर्प विषालु हो वा होइन,कुन प्रजातिको हो भनेर चिन्ने प्रयास पनि गर्नु पर्दछ । सम्भव भएमा सर्पलाई सुरक्षित तरिकाले बिरामी सँगै उपचार केन्द्रमा ल्याउने ।
- सर्पको डसाई भएको शंका भएमा नजिकैको क्लिनिक वा औषधि पसल वा अन्य स्वास्स्थ्य संस्थामा गएर समय खेर नफालिकन तुरुन्त सुचिकृत सर्पदंश उपचार केन्द्रमा लग्ने गर्नु पर्दछ ।
- उपचार केन्द्रमा पुगेपछि नआतिकन,सभ्य भाषामा उपचार गर्न अपिल गर्दै सम्पुुर्ण घटनाको विवरण स्वास्थ्य कर्मिलाई टिपाउनु पर्दछ । यदि स्वास्थ्य कर्मिलाई मानसिक तनाव हुने प्रकारको क्रियाकलाप गरिएमा बिरामि र उपचार कर्ताको सम्बन्धमा असर परि उपचार प्रभावकारि नहुन सक्छ ।