विश्वमा नसर्ने रोगको प्रकोप बढिरहेको छ । यसको कारण वर्षेनी करिब ४ करोड १० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य संगठनको कन्ट्रि प्रोफाइल अनुसार नेपालमा कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोगबाट भएको थियो । ति मृत्यु मध्ये १ करोड ७९ लाख मुटु रोग सँग सम्बन्धित,९० लाख क्यान्सर सँग सम्बन्धित,३९ लाख श्वासप्रश्वास सँग सम्बन्धित र १६ लाख मधुमेह सँग सम्बन्धित भएको थियो । नेपालमा ३० देखि ७० वर्ष उमेर समुहको मानिसहरुमा झण्डै २२ प्रतिशत मानिस नसर्ने रोगको कारण अल्पायुमानै मृत्यु हुने गरेको भेटिएको छ । नसर्ने रोगको उपचारमा विश्वका मध्यम तथा गरिब राष्ट्रहरुले करिब ५०० विलयन अमेरिकि डलर भन्दा बढि खर्च गर्दछन् ।
प्रमुख ४ नसर्ने रोगहरुमा
१.मुटु तथा रक्तनलिका रोग(उच्च रक्तचाप,हृदयघात,मस्तिष्कघात)
२.मधुमेह (सुगर)
३.दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र दम
४.क्यान्सर (स्तन र पाठेघरको मुखको क्यान्सर )
यी नसर्ने रोगको मुख्य कारक तत्वहरुमा विशेष गरी अस्वस्थकर जीवनशैली वा जोखिमपूर्ण व्यवहारहरु जस्तै १. धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोग, २.अस्वस्थकर खापिन, ३.अपर्याप्त शारीरिक क्रियाकलाप वा ब्यायम ४.मद्यपानको प्रयोग प्रमुख पर्दछन् ।