शारीरिक क्रियाकलाप दुई किसिमका हुन्छ । १.मध्यम क्रियाकलाप जस्तै घर सफा गर्नु,लुगा धुनु,भारि सामान बोकेर हिड्नु,बगैचामा काम गर्नु ,छिटो छिटो हिड्नु ,साइकल चलाउनु वा नाच्नु, २. कडा क्रियाकलाप जस्तै जंगलमा दाउरा काटेर त्यसलाई बोकेर ल्याउनु,खेत गोड्नु,घरको सामान ओसारपसार गर्नु,रिक्सा चलाउनु,घरबाटो बनाउने काम गर्नु ,दौडनु,फुटबल भलिबल खेल्नु,पौडि खेल्नु ।
एक वयस्कले दिनहु गर्नु पर्ने क्रियाकलापको निर्देशित मात्रा
१.कम्तिमा पनि हरेक हप्ता साढे दुई घण्टा (१५० मिनेट) मध्यम विव्रताको क्रियाकलाप अथवा फुर्तिलो हिडाइ
वा
२.हरेक हप्ता (७५ मिनेट) कडा क्रियाकलाप ( दौडिने वा जोगिङ् ) र हप्ताको दुइ दिन वा मांसपेशिमा बढि असर पर्ने गरि मांसपेसि बलियो बनाउने क्रियाकलाप (खुट्टा,हिप,ढाड,पेट,छाति,काध,र पाखुराको)
साधारण हिसावमा १ मिनेटको कडा तिव्रताको क्रियाकलाप र २ मिनेटको मध्यम तिव्रताको क्रियाकलाप भण्डै उस्तै हुन आउछ ।कडा क्रियाकलापमा जानु भन्दा अगाडी मध्यम तिव्रताको क्रियाकलापमा सहज हुनुपर्छ ।
हप्ता भरि हुन आउने १५० मिनेट शारीरिक क्रियाकलापलाई दिनमा सानो टुक्रामा भाग लगाउन सकिन्छ र हाम्रो लागि जुन उपयुक्त हुन्छ सोहि गर्नुपर्छ ।एक पटकमा कम्तिमा पनि १० मिनेटको लागि गरिएको शारीरिक क्रियाकलापलाई मात्र गणना गरीनुपर्छ ।
बच्चाहरुका लागि दिनहुँ गर्नुपर्ने क्रियाकलापको निर्देशित मात्रा
१ देखि ५ बर्ष सम्मका बच्चाहरु पूरै दिनभरि गरेर कम्तिमा पनि ३ घण्टा शारिरिक रुपमा सक्रिय हुनुपर्छ ।याद गर्नुपर्ने के हो भने बच्चाहरुले सबै ३ घण्टाको क्रियाकलाप एकैचोटी गर्नु पर्दैन ।दिनभरिको सबै हल्का खाले क्रियाकलालाई जोडेर पनि त्यति समय पुर्याउनु सकिन्छ ।जस्तै कि उभिने,खेल्ने,र यताउता हिड्ने ।
कडा क्रियाकलापको उदाहरण छिटो साइकल कुदाउने,डोरी खेल्ने,आदि।
मध्यम क्रियाकलापको उदाहरण साइकल चढ्ने,विद्यालय जाँदा हिड्ने,आदि।
शारीरिक क्रियाकलाप गर्दा ध्यान दिनु पर्ने कुराहरु-
१.विस्तारै समय र गति दुवै बढाउदै लानुपर्छ ।
२.वार्म अप गर्नु पर्छ अनि मात्र कसरत गर्ने गर्नुपर्छ ।
३.हिड्दा अप्ठ्यारो भएमा र जुनसुकै खालका खतराको लक्षण देखा परेमा तुरुन्तै विश्राम गरी डाक्टरबाट सल्लाह लिने ।
शारीरिक क्रियाकलाप गर्दा गर्न नहुने कुराहरु-
१.सन्चो नभएको दिन शारीरिक क्रियाकलाप गर्नुहुदैन ।
2.खाना खाएर तुरुन्त हिड्न हुदैन ।
३.धेरै थाक्ने गरि हिड्नु हुँदैन ।
४.शारिरमा पानीको मात्रामा कमी आउन नदिने ।
वार्निङ साइन –
१.हिड्दा कुही अप्ठ्यारो हुने बित्तिकै रोकिनु पर्छ । जस्तै
२.छाती दुख्नु
३.रिंगटा लाग्नु
४.धेरै थकाई लाग्नु
५.मुटु धेरै ढुक ढुक गर्नु
६.धेरै स्वा स्वा हुनु