रगतमा चिनिको मात्रा सामान्य भन्दा बढि हुने रोगलाई मधुमेह रोग भनिन्छ ।इन्सुलिन नामक हर्माेनको उत्पादनमा कमी वा हर्माेनले गर्ने काममा कमी भएमा मधुमेह हुने गर्छ ।
मधुमेह सामान्यतया ३ प्रकारको हुन्छ ।
१. टाइप १ मधुमेह- यो प्रकारको मधुमेहमा इन्सुलिन नामक हर्माेन पूर्णरुपमा अभाव भएको हुन्छ । बिशेष गरि यो प्रकारको मधुमेह बच्चा अबस्सथा वा किशोर किशोरी अबस्थामा देखा पर्ने गर्दछ । यो प्रकारको मधुमेह भएमा बाँच्नका लागि इन्सुलिन सुई नै लगाउनु पर्दछ ।
२.टाइप २ मधुमेह – यो प्राय जसो मानिसमा देखा पर्ने मधुमेह हो । यो प्रकारको मधुमेह सामान्यतया ४० बर्ष पछि देखा पर्ने गर्छ । यदि परिवारमा कसैमा छ भने पनि वंशाणुगतको आधारमा पनि देखा पर्ने गर्छ ।मोटोपना बढ्दै जाँदा यो प्रकारको मधुमेह देखा पर्ने गर्छ । यस प्रकारको मधुमेह भएमा औषधिकै भरमा पनि चिनिको मात्रा घटाउन सकिन्छ ।
३.गर्भावस्थाको मधुमेह – गर्भवति हुनु भन्दा पहिला मधुमेह नभएको महिलामा गर्भवति भएको २४ देखि २५ हप्तामा रगतमा चिनिको मात्रा बढेको देखिनुलाई गर्भावस्थाको मधुमेह भनिन्छ ।यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पार्न सक्छ ।
कस्ता लक्षण देखा परेमा चिनि रोग लागेको भनेर शंका गर्ने त?
- छिन छिनमा पिसाव लागेमा
- बढि तिर्खा लागेमा
- भोक धेरै लागेमा
- मुख सुख्खा भएमा
- शरिरको तौल कम हुनु वा घटबढ भईरहनु
- पिसाव पोल्नु
- शरिर अल्छि हुदै जानु
- सामान्य काम गर्द पनि थकाई लाग्नु
- हात खुट्टा झमभमाउनु
- आँखा धमिलो देख्नु
मधुमेह भएको हो वा होइन भनेर थाहा पाउनका लागि कम्तिमा पनि २ पटक सुगरको मात्रा सामान्य भन्दा बढी भएको हुनु पर्छ ।