मौसम परिवर्तन भए संगै आँखामा देखिने समस्या र समाधानका उपायहरु-(बरिस्ठ नेत्र सहायक मनमोहन गुप्ता)

Spread the love

२८ चैत्र,कमलाखोज । आँखा हाम्रो शरिरको एक महत्वपुर्ण अंग हो ।आँखा बिना जीवन चल्न त चल्ला तर निकै कष्टकर जीवन बित्छ भन्नेमा कुनै शंका छैन। जन्मजात अन्धोपन हुनु र संसारिक वातावरण देखे पश्चात हुने अन्धोपनामा निकै भिन्नता छ । संसार देखे पश्चात अन्धोपना भएमा मानिसमा शारिरिक समस्या त आउने नै भयो तर त्यो भन्दा धेरै मानसिक असर पर्न जान्छ ।जसले गर्दा पारिवारिक वातावातरणमा समेतमा नकरात्मक धक्का पर्न सक्छ ।
मौसम परिवर्तन भए सगै आँखामा विभिन्न समस्याहरु आउने गर्दछ । मौसम परिवर्तन हुदै गर्दा कस्ता प्रकारका आँखाको समस्या देखा पर्छ र समस्या देखा परिहालेमा के गर्न सकिन्छ भन्ने प्रश्नमा आँखा उपचार केन्द्र जगाडी,दुधौली ६ का कार्यालय प्रमुख तथा वरिष्ठ नेत्र सहायक मनमोहन गुप्ता यसो भन्नु हुन्छ,

“मौसम परिवर्तन भए सँगै कमलाखोज लगाएत देशै भरिनै हावाहुरी चल्ने,गर्मि हुने क्रम दिन प्रति दिन बढ्दो छ । हावाहुरी चल्दा धुलोका कणहरु आँखामा पर्ने जोखिम अत्याधिक हुने हुन्छ । धुलोको कणका साथै बिभिन्न ठोस वस्तुका कणहरु आँखामा पस्दा आँखाका कोमल अंगहरुमा क्षति पुगाउने गर्दछ । साथै आँखामा एलर्जि हुने समस्या पनि त्यतिकै बढेर गएको दखिन्छ । सामान्यतया मौसम परिवर्तन भए सँगै सेवा ग्राहिहरू यस प्रकारका लक्षणहरु लिएर आँखा उपचार केन्द्र जगाडीमा आउने गरेका पाइएको छ।”
१.आँखा रातो हुने।
२.आँखाबाट  आँसु बग्ने ।
३.आँखा चिलाउने र बिजाउने ।
४.आँखाबाट फोहोर पदार्थ निस्कने ।
“माथि उल्लेखित समस्याहरुबाट बच्नको लागि हामीले घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा सामान्य चस्मा वा आफुले प्रयोग गर्ने पावर भएको चस्मा लगाएर हिड्ने । यसो गर्नाले हावाहुरिले उडाएर ल्याएको धुलोको कणहरु आँखामा पर्नबाट बच्न सकिन्छ भने आँखा पाक्ने र एलर्जि हुनबाट समेत जोगाउदछ । आँखामा पानि नछेप्ने,अनुहार धुदा जहिले पनि आँखा बन्द गरेर धुने र आँखा वरपपर सफा गर्ने।
यदि आँखामा कुनै पनि समस्या देखा परिहालेमा सबैभन्दा पहिला नजिकैको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गई स्वास्थ्य कर्मि सँग उचित उपचार वा सल्लाह लिनु पर्दछ ।”

आँखामा कुनै पनि चोटपटक लागेमा नजिकैको क्लिनिकमा गई अन्धधुन्ध तरिकाले एन्टिबायोटिक र अन्य बिभिन्न प्रकारका औषधिहरु प्रयोग गर्ने र निको नभए पश्चात आँखा उपचार केन्द्रमा आउने चलन हाम्रो कमलाखोजमा छ, यस्तो बानिले आँखामा जटिल समस्या निम्त्याउन सक्दछ र अन्धोपना समेत बनाउन सक्छ । आँखा उपचार केन्द्रहरुमा आँखा जाँच गर्ने बिभिन्न उपकरणहरु हुन्छ तर सामान्य क्लिनिकहरुमा यस्ता उपकरण हुदैन। आँखामा चोट लाग्दा आँखाको भित्रि भागमा ,आँखाको नानिमा असर परेको छ कि छैन भनेर एकिन गर्न अति आवाश्यक हुन्छ त्यसैले सो को एकिन गर्न तुरुन्त आँखा उपचार केन्द्र जानुनै फाइदाजनक हुन्छ ।”

 

आँखा उपचार केन्द्र जगाडीको बरिस्ठ नेत्र सहायक -मनमोहन गुप्ता सेवाग्राहीको जांच गर्नु हुदै ..सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोस

2 thoughts on “मौसम परिवर्तन भए संगै आँखामा देखिने समस्या र समाधानका उपायहरु-(बरिस्ठ नेत्र सहायक मनमोहन गुप्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *