मधुमेह भएका मानिसहरुले नियमित औषधि संगै शरिरका अन्य जाँचहरु पनि गर्नु पर्दछ । मधुमेह हुँदा शरिरमा भएको रगतमा चिनिको मात्रा सामान्य भन्दा बढि हुन जान्छ । यस्तो अवस्थामा औषधिका साथै नियमित शारिरक व्यायम गरेमा मधुमेह नियन्त्रण हुन्छ। तर मधुमेह भएकमा मानिसहरुले औषधि मात्र खाएर ढुक्क भएर बस्न भने हुदैन। यो रोग लागेका मानिसले समय समयमा बिभिन्न जाँचहरु गराई राख्नु पर्दछ ।
मधुमेह भएका मानिसहरुले चिकित्सकको सल्लाहा अनुसार जाँच गर्नुको २ वटा मुख्य उद्देश्यहरु छ।
१.मधुमेहको नियन्त्रण भएको छ कि छैन भनेर हेर्न – रगतमा चिनिको मात्रा सामान्य छ वा छैन भनेर जाँच गर्नको लागि रगत झिकेर सुगर र HbA1C को जाँच गर्नु पर्दछ ।
२.मधुमेहको दुष्प्रभाव हेर्न – मधुमेह भएका मानिसको शरिरको महत्वपुर्ण अंगलाई असर गरेको हुन सक्छ, असर गरेको छ कि छैन भनेर समयमा नै एकिन गर्र्नु पर्दछ ।
त्यसैले प्रमुख रुपमा मुटु, मृगौला , र आँखा सम्बन्धी जाँचहरु गर्नुपर्नु हुन्छ ।
१.सि.बि.सि.अर्थात कम्प्लीट ब्लड काउन्ट
२.सुगर, र कोलेस्ट्रोल
३.युरिया,क्रियाटिनिन,सोडियम,पोटासियम रपिसावको जाँच
४.आँखाको जाँच
५.छातिको एक्स रे,इ सि जि ,इको पनि आवाश्यताअनुसार जाँच गर्नु पर्ने हुन्छ ।
६.थाईराई फंसन टेष्ट,लिभर फंसन टेष्ट
मधुमेहको रेखदेख
१.सुगरको नियन्त्रणको जाँच ३-३ महिनाको फरकमा HbA1C को जाँच र चिकित्सकको सल्लाहाअनुसार FBरPP जाँच गर्ने ।
२.रत्तचापको जाँच नियमिति जाँच गर्ने ।
३.कोलेस्ट्रोलको जाँच ३ देखि ६ महिनाको फरकमा जाँच गर्ने ।
४.पिसाव र क्रियाटिनिनको जाँच ६-६ महिनाको फरकमा जाँचमा गर्ने ।
५.आँखाको जाँच कम्तिमा पनि २ वर्षमा जाँच गर्ने वा चिकित्सकको सल्लाहाअनुसार जाँच गर्ने ।
६.खुट्टाको जाँच प्रत्येक दिन खुट्टाको नङ र औलाको विचको भागलाई हेर्ने र केही चोटपटक लागेको छ छैन पत्ता लगाउनु पर्दछ ।
७.मुटुको जाँच इसिजि वर्षमा १ चोटि गर्ने ।