फर्क नेपाल
उकाली ओराली गर्दै ढोगेर देउराली
बसेको छु म आफ्नो घर नेपालमा
आफ्नै नेपालमा ।
लालुपाते,सुनाखारी रमाइलो छ बनैभरी
फर्क नेपाल आफ्नै घर नेपालमा ।
आफ्नै गाउँ नेपालमा।
तामाकोसी,सुनकोसी त्यो दुधकोसी
अरुण तमोर एकै साथ बग्ने भन्छ सप्तकोसी
फर्क नेपाल रमाइलो छ आफ्नै लेक बेसी
उकाली ओराली गर्दै ढोगेर देउराली
बसेको छु म आफ्नै घर नेपालमा
आफ्नै गाउँ नेपालमा ।
लालु पाते ,सुनाखरी,लालीगुराँस फुल्छ
पाखाभरी
फर्क नेपाल आफ्नै घर नेपालमा
आफ्नै गाउँ नेपालमा
उकाली ओराली गर्दै ढोग देउराली
बसेको छु म आफ्ने घर नेपालमा
आफ्नै गाउँ नेपालमा ।
सगरमाथा,कंचनजंगा
चट्टानहरु चुम्दै कलकल बग्छ
पवित्र जल भागिराथी गंगा
माछापुच्छ्र्रे धौलागिरी हिमाल देख्छु
घुमफिरी हिमाल देख्छु घुमिफिरी
हिमाल देखिने सधैँभरि हिमाल देखिने
सधैँभरि सधैँभरि ।
रचना – जित नारायण अधिकारी दनुवार ,दुधौली -४ कमलाखोज
उमेर -९० वर्ष