२१ मंसिर,कमलाखोज। दुधौली नगरपालिका वडा नं ४ वडाकार्यालय र वडा खेलकुद समिति द्धारा आयोजित “वडाध्यक्ष कप २०८१” मा दुई छिमेकि जिल्लाका क्लवहरु बिच फाईनल खेल हुने भएको छ । सिन्धुली र उदयपुर जिल्लाका बिभिन्न फुटबल क्लवहरु सहभागि रहेको यस प्रतियोगितामा सिन्धुली जिल्लाको नमुना जनउत्थान युवा क्लव र उदयपुर जिल्लाको कटारी फुटबल क्लव फाईनल सम्म आउन सफल भएका छन् ।
नमुना जनउत्थान युवा क्लवले समुह चरणमा भिमान युवा क्लवलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताकै बलियो टिमको रुपमा हेरिएको ६ नं वडा खेलकुद समितिलाई अन्तिम समयमा १ गोलले पछि पार्दै नमुना जनउत्थान युवा क्लव फाईनलमा आफ्नो स्थान ओगट्न सफल भएको छ । नमुना जनउत्थान युवा क्लवलाई होम ग्राउन्डको दरिलो अनुभव थियो भने ए डिभिजन लिग खेलिसकेका अनुभवि खेलाडि विजय कार्कीको प्रशिक्षण थियो ।
फुटबललाई अत्यन्तै माया गर्ने दुधौली वडा नं ४ का वडाध्यक्ष रित ब. बिकको गा्रस रुट फुटबल कार्यक्रम जस्ता खेलकुद प्रतिको गहिरो सोच र लगावका कारण विशेष गरि दुधौली वडा नं ४ डकाहा आसपासका क्षेत्रमा खेलाडीहरु प्रत्यक्ष रुपमा उत्पादन भइरहेको यस प्रतियोगिताबाट सजिलै अनुमान लगाउन सकिन्छ ।
कटारी फुटबल क्लव जसले सेमिफाईनलमा बागमति प्रदेश प्रहरी तालिक केन्द्रलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो । भोलि २०८१ मंसिर २२ गते हुने फाईनल खेल कटारी फुटबल क्लव र नमुना जनउत्थान युवा क्लव बिच दिउसो १:३० बजे हुने छ ।
प्रत्यक्ष प्रसारण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । click here